लेकाली अनलाइन
मंसिर १२, सल्यान ।
आज दाङमा भएको बम विस्फोट प्रति सल्यान उद्योग वाणिज्य संघले घोर भत्र्सना गरेको छ ।
विष्फोटबाट संघका महिला सदस्य देवी डि.सी. र उनकी छोरी जेनी डि.सी. वली घाइते भएपछि संघले एक प्रेस विज्ञप्ती निकालेर विरोध जनाएको हो । संघका अध्यक्ष वीर बहादुर चलाउने र महासचिव भरत कुमार बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तीमा स्वतन्त्रता पूर्वक बाँच्न तथा हिडडुल गर्न पाउने अधिकार माथि कुन्ठित गरिएको भन्दै घोर भत्र्सना गरिएको छ ।
साथै विज्ञप्तीमा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सर्वसाधारणलाई यस्ता असरपर्ने गतिविधी नगर्न भन्दै सरकारसंग उचित क्षतिपुर्तीको माग गरिएको छ ।
विज्ञप्ती
याे पनि पढनुहाेस् ।
प्रधानमन्त्री देउवाले मन्चमा टेक्दै गर्दा बम विस्फोट ः ९ घाइते, ४ जना गम्भीर