• २०७९ चैत्र १२ गते आइतवार
  • Preeti To Unicode

६ नम्बर प्रदेशको अगुवाई अब सल्यानले गर्छ : ज्वाला


लेकाली अनलाइन
मंसिर १२ ,सल्यान ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बाम गठबन्धन बाट प्रदेशसभा सल्यान क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश ज्वालाले २१ गतेको निर्वाचन पछि ६ नम्बर प्रदेशको अगुवाई सल्यानले गर्ने बताएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखरामा मंगलबार सम्पन्न संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले अब जनताले जिताए अाफु प्रदेश नम्बर ६ काे मुख्यमन्त्री हुने याेग्य भएकाे बताउका छन् ।

उनले भने “बाम गठबन्धनलाई जनताले अहिले विश्वास गर्ने बेला भएकोे छ । बाम गठबन्धन बाट सल्यानमा प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार लाई आफ्नाे अमुल्य मत दिएर विजयी बनाउनुहाेस् हामी ६ नम्बर प्रदेशकाे अगुवार्इ गर्छाै ।”

उनले बाम गठबन्धनका उम्मेदवारको विजयी निश्चित रहेको भन्दै उनले कार्यकर्तालाई कतिपनि नआत्तिकन निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । सल्यानका प्रतिनिधिले जिल्लाको मात्रै प्रतिनिधित्व गर्दैनन, ६ नम्बर प्रदेशमा समेत अगुवाई गर्ने भएकाले ढुक्क चुनावी अभियानमा लाग्न कार्यकर्तालाई उनले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर १२ गते मङ्गलवार