पुस २६, सल्यान ।
सल्यानमा एक महिलाले अाफ्नी साैतालार्इ बन्चरो प्रहार गरी हत्या गरेकी छन् ।
जिल्लाकाे दार्मा गाउँपालिका ३ फारुलाचौरकी ३२ बर्षीया रुपा खत्रीलाई उनकी सौता कल्पना चन्दले बन्चरो प्रहार गरी हत्या गरेकी हुन् ।
बुधबार विहान १ बजेतिर सामान्य झगडाको विषयलाई लिएर उनले हत्या गरेकी हुन । हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेकी छन । राती १० बजे भएको झगडा पश्चात विहान १ बजेतिर कल्पना चन्दले बन्चरो प्रहार गरेकी प्रहरीले जनाएको छ ।
चन्दकोे खोजि भैरहेको र थप अनुसन्धान भैरहेकोे प्रहरी नायव उपरिक्षक भरत बहादुर विकले बताए ।
मृतक खत्रीलार्इ जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि ल्याइएकोे उनले जानकारी गराए । मृतक खत्रीका ३ छोरी र १ छोरा छन ।