माघ ८, सल्यान ।
सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाकाे मृत्यु भएको छ ।
जिल्लाकाे त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित लुहाम नजिकै भाटाखाेलामा अाज दिउँसो करिब २ बजेतिर भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको र थप ३० जना घाईते भएको इलाका प्रहरी कार्यालय लुहामका सर्इ लक्ष्मण डाँगीले जानकारी दिएका छन् ।
रुकुमबाट तुलसीपुर तर्फ जाँदै गरेको मालिकाकालीका यातायातकाे ना ५ ख ५३१ नम्बरको बस दुर्घटना भएको हो । घाइतेको अहिले श्रीनगरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
तीन जनाको घटनास्थलमै मृत्यु भएपनि सनाखत हुन नसकेको जानकारी दिए । मृत्यु हुनेमा १ जना पुरुष र २ महिला रहेका छन् । सर्इ डाँगीका अनुसार मृतककाे संख्या बढ्ने अनुमान गरिएकाे छ । घटनावारे थप जानकारी आउन बाँकी नै छ ।
प्रतिकृया