• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा


सरिता चलाउने
माघ ८, सल्यान ।
सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाईते भएका छन ।
जसमा १३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
मुत्यु हुनेमा बागचौर नगरपालीका १० सल्यानकी ७०  वर्षीया छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुुकुम की ३६ वर्षीया  पुस्पा खड्का (केसी), रुकुम पेउघाका १७ वर्षीय भीमवहादुर खड्का रहेका छन ।
रुकुमबाट तुलसीपुर तर्फ जाँदै  गरेको मालिकाकालीका  यातायातको ना ५ ख ५३१ नम्बरकाे बस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित लुहाम नजिकै भाटाखोलामा आज दिउँसो करिब २ बजेतिर दुर्घटना भएको हो  ।
गम्भीर घाईते हुनेमा सल्यान ढोरचौर गाउँपालीका निवासी सिता कसेरा, सोही ठाउँ निबासि २२ बर्षिय डिल्लीराम लामिछाने, अस्मिता कसेरा, रुकुम मुसिकोट नगरपालीका १ का  १८ बर्षिय बिवेक हमाल, त्रिबेणी गाउँपालीका ७ बस्ने २२ बर्षिय दिपशिखा वली, बस्ने मुसिकोट नगरपालीका ३ का केदार, सोही बस्ने ७ बर्षिय अकिंत केसि रहेका छन् ।
यस्तै सोही ठाउँकी २४ बर्षीया बिमला रावत, रुकुम त्रिबेणी गाउँपालीका १६ बर्षिय बिन्दु वली, सानोभेरी गाउँपालीका ६ का ६ बर्षिय गौरब रावल, मुसिकोट नगरपालीका ३ बस्ने ४ बर्षिय आयुसा केसि, दाङ घोराही उपमहानगरपालीका बस्ने धनसरा, र सोही ठाउँका १८ बर्षिय मदन कुमार वली रहेको सल्यानका प्रहरी नायव उपरिक्षक भरत विकले जानकारी दिएका छन् ।
उनिहरुलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने सामान्य घाईतेको  श्रीनगर स्थित विभिन्न अस्पतालहरुमा उपचार भैरहेको DSP विकले बताए । ७ जना भने सामान्य उपचार पछि घर फर्किएको उनले बताएका छन् ।
 गाडीमा क्षमता भन्दा धेरै लाेड भएकाे र सडक अफठ्याराे भएकाले दुर्घटणा भएकाे प्रहरीले अनुमान गरेकाे छ । गाडी सडक भन्दा १५० मिटर तल खसेकाे छ ।

प्रकाशित मिति : २०७४ माघ ८ गते सोमवार