सरिता चलाउने
माघ १३ सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटना हुदा एकजनाको ज्यान गएको छ ।
दाङ बाट सल्यान दार्मा गाउपालिका तर्फ जादै गरेको रा १ च २९४९ नम्वरको ट्याक्टर गएराति दुर्घटना हुदा चालक दार्मा गाउपालिका वडा नं.३ वस्ने वर्ष २० का सुरेश रोकायको ज्यान गएको हो ।
दार्मा गाउपालिका वडा नं. २ को समान लिएर जादै गर्दा दार्मा गाउपालिका वडा नंं ३ दुवाङ भन्ने ठाउमा ट्याक्टर दुर्घटना भएको हो । गाडी व्रेक फेल हुदा दुर्घटना भएको गाडीमालिक नारायण दाहालले बताए । ट्याक्टर सडक बाट करिब १० मिटर तल खसेको छ प्रहरीले जनाएको छ ।
याे हप्ता सल्यानमा भएका दुखत दुर्घटनाहरु
सल्यानमा जिप दुर्घटना ६ जना घार्इते
सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)
सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा
सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते