माघ २०, सल्यान ।
सल्यानमा मालबहाक ट्रिपर दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा हिजाे साँझ ७ः ४० बजेतीर भएकाे दुर्घटनामा ट्रिपरका चालक र सहचालक दुबैको मृत्यु भएको हाे।
मृत्यु हुनेमा ट्रिपर चालक बाँकेको कोहलपुर नगरपालिका १ निवासि २७ वर्षिय सुरज वोहोरा भन्ने ज्ञान कुमार वोहोरा र डोटि घर भएका सहचालक अन्दाजी २३ वर्षका रमेश पुन मगर रहेका छन् । उनकाे उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसिपुरमा मृत्यु भएकाे प्रहरी चौकी कपुरकोटका हवल्दार लक्ष्मण भुसालले जानकारि दिएका छन् ।
सिमेन्ट बोकेर दाङबाट रुकुम जाँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर ब्रेक फेल भएर सडकबाट ७० मिटर तल खसेको छ । संकेतिक तस्विर फाइल
पछिल्लाे समय सल्यानमा भएका दुखत दुर्घटनाहरु
सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु
सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु
सल्यानमा जिप दुर्घटना ६ जना घार्इते
सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)
सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा
सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते
सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु