माघ २०, सल्यान ।
सल्यानमा पहिलाे पटक एकल गजल वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
बागचाैर नगर साहित्य परिषद्काे अायाेजनामा हिजाे सञ्चालन गरिएकाे उक्त एकल साँझमा सल्यानका गजलकार पूर्ण भण्डारी पङ्कजले देशभक्तिपूर्ण ,राेमान्टिक र मानवीय संवेदना बाेकेका गजल वाचन गरेका थिए ।
हाेटल शारदा टप एण्ड लजकाे सभाहलमा वेलुकी ५.३० बजेदेखि सुरु गरिएकाे उक्त कार्यक्रममा वागचाैर नगरपालिकाका जनप्रतिनिधि ,शिक्षक, प्राध्यापक , विद्यार्थी , व्यापारी, कलाकार र साहित्यप्रेमीहरूकाे उपस्थिति थियो भने कार्यक्रम २ घण्टासम्म चलेकाे थियाे । स्थानीय तहमा रहेका साहित्य, कला र संस्कृतिकाे संरक्षण र संवर्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।
प्रमुख अतिथिको अासनबाट बाेल्दै वागचाैर नगरपालिकाका उपप्रमुख कल्पना पुनले सिंहदरबारको शासकीय स्वरुप गाउँगाउँमा अाएजस्तै साहित्यकार र कलाकारहरूले गाउँगाउँमा लुकेर रहेका प्रतिभाहरूकाे खाेजीगरी तिनको संस्थागत रूपमा संरक्षण र संवर्धनमा लाग्नु पर्ने बताइन् ।
वागचाैर नगर साहित्य परिषद्का अध्यक्ष इन्द्र भण्डारी अङ्कितकाे अध्यक्षतामा भएकाे उक्त एकल गजल वाचन कार्यक्रमकाे उद्घाटन सत्रकाे सञ्चालन परिषद्का सचिव तारादेव शर्मा प्रदर्शनले गरेका थिए ।