लेकाली अनलाइन
फागुन २५, सल्यान ।
सल्यानबाट सेवा दिदै अाएकाे शारदा यातायात सेवा प्रा.लि.काे गाडीमा ताेडफाेड भएकाे भन्दै प्रा.लि.ले अापत्ती जनाएकाे छ ।
बिहीबार दाङ तुलसीपुर देखि सल्यानको कालिमाटी गाउँपालिका- ४ असुरेनीमा गएकाे ना ७ ख १८४८ नम्बरको गाडीमा सल्यान रुकुम यातायात व्यवसायी समितीका कर्मचारी ताेडफाेड गरेकाे अाराेप लगाउदै प्रा.लि. ले एक विज्ञप्ती सार्वजनीक गरेर अापत्ती जनाएकाे छ ।
विज्ञप्तीमा भनिएकाे छ- “दाङ तुलसीपुर देखि सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ४ को असुरेनी भन्ने स्थानमा नम्बरमा गएको र पार्किङ गरेर राखेको गाडीमा रात्री समय १०:०० बजे सल्यान रुकुम यातायात व्यवसायी समितीका दुई जना कर्मचारी बाइकमा आई सल्यानमा अझै पनि यातायात क्षेत्रमा सिन्डिकेट लागु गर्ने उदेश्यले गाडीको अगाडिको सिसामा डुङ्गा प्रहार गरि पुर्ण रुपले क्षति गरिएकाे छ ।”
त्यस्तै प्रा.लि.ले ताेडफाेडकाे निन्दा गर्दै दोषीलाई छानबिन गरि कानुन बमोजिम कार्बाहीको र क्षतिपूर्तिको माग गरेकाे छ ।
यता सल्यान रुकुम यातायात प्रालिका महासचिव अर्विन्द कुमार रार्इले लेकाली अनलाइन सँग कुरा गर्दै अाफ्ना कर्मचारीहरुले गाडी ताेडफाेड नगरेकाे दावि गरेका छन् । उनले अाफ्नाे यातायात प्रालिलार्इ गिराउनलार्इ यस्ताे झुटाे अाराेप लगाएकाे बताएका छन् । उनले अाफुहरुले दाङका जिव प्रालिहरु सँग ८ बर्षदेखि सहकार्य गरेर गाडी संचालन गरेकाे र, अहिले सम्म कुनै पनि झडप नभएकाे भन्दै शारदा यातायातकाे गाडीलार्इ पनी केही नगरेकाे बताएका छन् ।
गाडीकाे संकेतिक फाेटाे फाइल
हेर्नुहाेस् विज्ञप्तीकाे पुर्ण पाठः
प्रेस विज्ञप्ति !
आज मिति २०७४/११/२४ गतेका दिन हाम्रो यस प्रा.लि द्वारा संचालित ना ७ख १८४८ नम्बरको गाडी दाङ तुलसीपुर देखि सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ४ को असुरेनी भन्ने स्थानमा नम्बरमा गएको र पार्किङ गरेर राखेको गाडीमा रात्री समय १०:०० बजे सल्यान रुकुम यातायात व्यवसायी समितीका दुई जना कर्मचारी बाइकमा आई सल्यानमा अझै पनि यातायात क्षेत्रमा सिन्डिकेट लागु गर्ने उदेश्यले गाडीको अगाडिको सिसामा डुङ्गा प्रहार गरि पुर्ण रुपले क्षति गरेकोले
हाम्रो यस शारदा यातायात सेवा प्रा.लि. सल्यान रुकुम यातायात व्यवसायी समितिको यो दादागिरीको निन्दा र भत्सर्ना गर्दछौं र प्रहरी प्रशासन समक्ष दोषीलाई छानबिन गरि दोषीलाई कानुन बमोजिम कडा कार्बाहीको जोडदार माग गर्दछौं, साथै क्षतिपूर्तिको माग गर्दछौं।
मिति २०७४/११/२४
शारदा यातायात सेवा प्रा.लि.
संचालक समिति