लेकाली अनलाइन
मंसिर ८, इजिप्ट ।
इजिप्टको उत्तरी प्रान्त सिनाईस्थित बिर एल–अबेद सहरको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका सर्वसाधारणको भीडामा पहिले बम प्रहार गरिएको र पछि गोली हानेर मारिनेको संख्या २०० पुगेको छ ।
उक्त घटना मारिनेको संख्या २०० र घाइते हुनेको संख्या १२५ जना पुगेको र उनीहरुलाई अस्पताल लगिएको स्थानीय प्रहरीले समाचार संस्था एपीलाई बताएका छन् । इजिप्टको टेलिभिजन ‘एक्स्ट्रा न्यूज’का अनुसार राष्ट्रपति एब्दुल फताह अल–सिसिले घटनालगत्तै सुरक्षा अधिकारीलाई आपतकालिन बैठक डाकेका छन् ।
इजिप्ट स्वास्थ्य विभागले अस्पताल भर्ना गरिएको बिरामीको संख्या धेरै भएकोले घटनामा मृतकको संख्या बढ्न सक्ने बताएको छ ।

चार ओटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारणमाथि गोली प्रहार गरेका थिए । घटनाको जिम्मा कसैले पनि लिएका छैनन् । केही हप्ता पहिला पनि इजिप्टमा आतंकवादी आक्रमण भएको थियो ।
सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई हटाएयता उक्त क्षेत्रमा आतंकवादी आक्रमण निकै बढेको छ ।