• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

ओरालोमा लड्न लागेको भैँसीलाई काँध थाप्दा वडासचिवको मृत्यु


असार २३, दैलेख

भैँसीकाे जिउले च्यापिएर दैलेखकाे नारायण नगरपालिका–१० का वडासचिवकाे ज्यान गएकाे छ ।

वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको ज्यान गएको हाे ।

गम्भीर घाइते हुनुभएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार