भदौ ४, सल्यान ।
सल्यान कपुरकोट नजिकै सोमबार भएको फोर्स गाडी दुर्घटनामा परि २ जनाको मृत्युु भएको छ ।
रुकुमबाट नेपालगंज जाँदै गरेको लु २ ख ५७३१ नम्बरकाे फोर्स गाडी सोमबार दिउँसो कपुरकाेट नजिकै राप्ती राजमार्गमा दुर्घटनामा परेकाे थियोे । दुर्घटनामा परि सल्यान दार्मा गाउँपालिका २ निवासी ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका ११ निवासी ६० वर्षीय कमारो कामीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।
त्यस्तै दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान दार्मा गाउँपालिका २ बस्ने वर्ष ६० को खिर्म खत्री, सोही ठाउँका वर्ष ४१ की रुपा के.सी., वर्ष ५१ को टिकाराम के.सी., रमेश केसी, दार्मा ५ बस्ने वर्ष १६ की रमिता चन्द, दार्मा १ किमटाकुरा बस्ने वर्ष ३२ ईन्द्र बहादुर के.सी. घाइते भएका छन् ।
त्यसैगरी रुकुम पश्चिम बस्ने वर्ष ४० की बिमलादेवी पुन, रुकुम पश्चिम त्रिबेणी ७ बस्ने वर्ष ५० की गौमती खड़का, सानोभेरी गाउँपालिका ११ बस्ने वर्ष २६ को पुष्कर रसाईली, चौरजहारी न. पा. १२ बस्ने वर्ष ४६ को पल बहादुर खड़का, चौरजहारी न.पा. १४ बस्ने १८ की माया मगर, सोही ठाउँकी बस्ने वर्ष १६ कि निर्मला राना, सानोभेरी गाउँपालिका ११ बस्ने, वर्ष २० को भुपाल बि.क. घाइते रहेका छन् ।
गाडी चालक सल्यान दार्मा गाउँपालिका १ बस्ने वर्ष २३ को एक्क बहादुर चन्द (साहु आफै ) सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गाडी सडकबाट करि २ सय मिटर तल खसेकाे प्रहरी चाैकी कपुरकाेटले जनाएकाे छ ।
-अपडेट