• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

माओवादी कार्यकर्ताद्वारा दार्मा गाउँपालिकामा एक युवकमाथि कुटपिट


Author Logo..
लेकाली अनलाइन

भदौ २३, सल्यान ।

सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ का दिपक खड्का लाई माओवादी कार्यकर्ताहरूले कुटपिट गरेका छन ।

भदौ २१ गते बिहिबार सामान्य कुराकानी छ भनी घरबाट पर पिपलचौतारोमा लिई अनावश्यक विवाद गरेर उनलाई पछाडीबाट आक्रमण गरेको पिडितले बताएका छन । आक्रमण पश्चात घाइते खड्काको उपचार श्रीनगरको मेट्रो हस्पिटलमा भैरहेको छ । अहिले उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

आफ्नो संगठनमा आवद्ध नभई नेपाली काग्रेसको संगठनमा आवद्ध भएको आरोपमा १ दर्जन संख्यामा घरमै पुगेका उनिहरूले कुटपिट गरेको पिडित खड्काका बुबा चन्द्र बहादुर खड्काले बताएका छन ।

केहि दिनदेखि आक्रमणको धम्की पाइरहेको आफ्नो छोराको जिवन खतरामा रहेकोले जिवनरक्षा गरिदिन बुबा चन्द्र बहादुर खड्काले सबैलाई अनुरोध गरेका छन ।

आक्रमण पछि भागेका माओवादीहरुको खोजिकार्य गरिरहेको प्रहरीले जनाएपनि घटना भएको ३ दिनसम्म पक्राउ परेका छैनन् । संघ, प्रदेश देखि स्थानीय तहसम्म माओवादीको सरकार भएकोले प्रहरीले उनिहरुलाई पक्राउ गर्न नसकेको पीडित परिवारले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार