• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

ग्रामीण सहकारीकाे अध्यक्षमा २ जनाकाे उम्मेदवारी, सचिवमा ४ जना


असाेज २१, सल्यान ।

सल्यानकाे खलंगामा रहेकाे ग्रामीण बचत तथा ऋण सहकारी संस्थाकाे नवाैं अधिवेशनकाकाे लागि अध्यक्ष पदमा दुइ जनाकाे उम्मेदवारी परेकाे छ ।

अध्यक्ष पदमा सनत कुमार शर्मा र लक्ष्मण कुमार राईकाे उम्मेदवारी परेकाे हाे । शर्मा निवर्तमान सचिव हुन् भने राई काेषाध्यक्ष हुन् । दुवै जनाले आज अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै उपाध्यक्षमा धिरज रावत निर्विराेध भएका छन् ।  उपाध्यक्षमा उम्मेदवारी दिएकी ईन्द्र भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि रावत उपाध्यक्षमा निर्विराेध भएका हुन् ।

सचिवमा भने ४ जनाकाे उम्मेदवारी परेकाे छ । टेकराज शाही, श्रीकान्त राई, विमर्श प्रधान र चाेपेन्द्र बाबू बस्नेतले सचिवमा उम्मेदवारी दिएका छन् । काेषाध्यक्षमा भने केशरी श्रेष्ठ र बिरेन्द्र कुमार राईकाे उम्मेदवारी परेकाे छ ।

बिहान साढे ७ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ताकाे समय रहेकाे थियाे । अधिवेशनलाइ सर्वसम्मत बनाउने अहिले केहि नेताहरु लागिपरे पनि उम्मेदवारहरु बलियाे रुपमा उम्मेदवारी फिर्ता लिने मनस्थितीमा नदेखिएकाेले चुनाव हुने लगभग निश्चित जस्तै भएकाे स्राेतले बतायाे ।

निर्वाचनकाे मिति पर्सी २३ गते ताेकिएकाे छ । ग्रामिण बचत तथा ऋण सहकारी संस्थाकाे कुल सेयर सदस्य २ हजार २ सय ६७ रहेका छन् । संस्थाकाे कुल पुँजी २७ कराेड बढी रहेकाे छ ।

संस्थाकाे २९ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनकाे उद्घाटन कार्यक्रम शनिबार जिल्ला समन्वय समितिकाे हलमा भएकाे थियाे ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार