अस्मिता गिरी, लेकाली अनलाइन
मंसिर १५, सल्यान ।
संघिय प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा निर्वाचन सम्पन्न गर्नलाई विभिन्न गतिविधि भैरहेका छन ।
दोस्रो चरणको निर्वाचनलाई सफल बनाउन सल्यानमा मतदातालार्इृ जानकारी दिनेगरि ग्रामिण क्षेत्रमा मतदाता शिक्षा, सडक नाटक, नमुना मतदान जस्ता कार्यक्रम भएका छन । त्यसैगरि सल्यानका ३ स्थानमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकृत मेहश शर्माले जानकारी दिएका छन ।
सल्यानको थारमारे, ढोरचौर र शितलपार्टीमा नमुना मतदान गरिएको छ । आज सल्यानको शितलपाटीमा रहेको शिवजन माविमा भएको नमुना मतदानमा ६५ जनाले मतदान गरेका छन ।
मतदातालाई जानकारी दिने गरि भएको नमुना मतदानमा प्रतिनिधि सभा, प्रदेशसभा र समानुपातिक गरि तिनवटै नमुना मतपत्र सहित मतदातालाई सिकाइएको छ ।
आजको नमुना मतदानमा प्रतिनिधि सभातर्फ ८, प्रदेश सभा तर्फ ७ र समानुपातिक तर्फ ५ आँशिक र ५ पूर्ण गरी जम्मा २५ वटा मतपत्र बदर भएका छन । ६५ जनाले ३ छुट्टाछुट्टै मतपत्र गरि १ सय ९५ मत संख्यामा २५ वटा मतपत्र बदर भएका हुन । नमुना मत हालिसकेपछि शारदा नगरपालिका १ श्रीनगरका कुमार बुढाथोकीले आफु मतदान गर्दा नझुक्किने बताएपनि बुढाबुढि र नपढेकाहरु झुक्किनसक्ने भएकाले उनिहरुका आफन्तले सिकाउनुपर्ने सुझाव दिएका छन ।


