• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

दाङबाट काठमाडाैं छुटेकाे बस दुर्घटना हुँदा २६ जना घाइते, सल्यानका ३ जनाकाे अवस्था गम्भीर


भदाै २, धादिङ ।

दाङबाट काठमाडाैं हिडेकाे नाइट बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।

शनिबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक तुलसीपुर दाङबाट काठमाडौं छुटेकाे बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस बिहान करिब ५ बजे अनियन्त्रित भई सडकको किनारामा पल्टिएको हो।

दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य घाइतेको उपचार ​मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा सामान्य उपचार पछि काठमाडाैं रिफर गरिएकाे छ ।

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान छत्रेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन,  ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बागचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ ।

त्यस्तै बस चालक काठमाडाैं चन्द्रागिरी नगरपालिका ३ का प्रताप लामा, रुकुम चाैरजहारी नगरपालिका १४ का प्रेम पुन र दाङ दंगिशरण गाउँपालिका १ का शिवलाल विक रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार