• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

दाङमा छाेराले गरे बाबुको हत्या


घोराही । घाेराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षको छाेरा सन्तोष केसीले ५१ वर्षका बाबू प्रेमबहादुर केसीकाे हत्या गरेको दाङ प्रहरीले जनाएको छ । भदौ २८ गते साझ मादक पदार्थ सेवन गरेकाे छाेराकाे निर्घात कुटपिट बाट घाइते भएका बाबुकाे उपचारका क्रममा मृत्युु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भयो । घाइते बुबालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार थप उपचार गर्नका लागि नेपालगन्ज लग्दैगर्दा गएरातीनै मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिनु भयो । कुटपिटमा संलग्न छाेराे सन्तोष केसीलाई प्रहरी नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार