• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

दाङ उवासंघ निर्वाचन: प्रजातान्त्रिकका उम्मेदवार जोशीलाई तीन दलको समर्थन


घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको यहि असोज १३ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेस निकट व्यापारी संगठन  प्रजातान्त्रिक उद्यमी संघका उम्मेदवार वसन्त जोशीलाई नेकपा माओवादी केन्द्र , राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट व्यापारी संगठनले समर्थन गर्ने भएका छन् ।

नेपाली काङ्ग्रेस निकट व्यापारी संगठन  प्रजातान्त्रिक उद्यमी संघका र नेकपा माओवादी केन्द्र निकट व्यापारी संगठन नेपाल उद्याेग व्यापार संगठन, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट व्यापारी संगठन अखिल राष्ट्रिय व्यापार उद्योग व्यापार संघ र राष्ट्रिय जनमोर्चा निकट व्यापारी संगठन राष्ट्रिय व्यापार तथा उद्योग व्यापार महासंघ बीच बुधबार भएको बैठकले समर्थन गर्ने सहमति भएको हो ।

उक्त बैठकमा  प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष काली बहादुर खत्री , सल्लाहकार  श्याम सुवेदी , दिपक सुवेदी , दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी  नेपाल उद्याेग व्यापार संगठनका संयाेजक नारादमणि पाेख्रेल, माओवादिद्वारा गठित वार्ता समितिका संयोजक तारा अधिकारी , राष्ट्रिय जनमोर्चा निकट व्यापारी संगठन राष्ट्रिय व्यापार तथा उद्योग व्यापार महासंघका जिल्ला अध्यक्ष बिष्णु प्रसाद रिजाल र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट व्यापारी संगठन अखिल राष्ट्रिय व्यापार उद्योग व्यापार संघका प्रतिनिधि हरि खरेलको उपस्थितिमा भएको बैठकले उक्त निर्णय भएको प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष काली बहादुर खत्री ( मानु)ले जानकारी दिनु भयो । साथै अध्यक्ष खत्रीले सर्बसहमत नयाँ नेतृत्वको चयनका लागिअरु दलसँग पनि वार्ता संवादको जारी राखेको समेत बताए । निर्वाचन मिति नजिकै आउदा बजारमा चहलपहल बढेको छ । चुनावि चहलपहल बढेसंगै गठबन्धन गरे जाने बारेमा  विभिन्न दलका वार्ता समितीले बैठक जारि रहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार