भदाै २, सल्यान ।
दाङबाट काठमाडाैं हिडेकाे नाइट बस धादिङमा दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । जसमा अन्य सामान्य रहेकाे र १७ जना मध्यम तथा गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सल्यानका ६ जना, दाङका ६ जना, रुकुमका ४ जना र काठमाडाैंका १ जना बस चालक रहेका छन् ।
शनिबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक तुलसीपुर दाङबाट काठमाडौं छुटेकाे बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस बिहान करिब ५ बजे अनियन्त्रित भई सडकको किनारामा पल्टिएर दुर्घटना भएकाे हाे ।
घाइते हुनेमा सल्यान जिल्लाका ६ जना घाइते भएका छन् । जसमा ३ जना काे अवस्था गम्भीर छन । गम्भीर घाइते हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका ३ का का २४ वर्षीय राजेन्द्र पुन, ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बागचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्का रहेकाे प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।
त्यस्तै सल्यान बागचाैर ९ बथान वलीटाेलका ४८ वर्षीय धन बहादुर वली, छत्रेश्वरी गाउँपालिका ३ का ३२ वर्षकी रेखा के.सि., साेहि ठाउँकी ५० वर्षीया रेखा वली धिमाल रहेका छन् । उनिहरुकाे शरिरकाे विभिन्न भागमा चाेट लागेकाे र अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै दुर्घटनामा गरेर दाङका ६ जा घाइते भएका छन् । बबैई गाउँपालिका ५ बस्ने बर्ष २३ का प्रदिप श्रीस, उनकाे श्रीमती बर्ष २२ कि मञ्जु श्रीस, तुलसीपुर ५ बस्ने बर्ष ३० का मनोज खड्का, तुलसीपुर ७ बस्ने बर्ष ३३ का बिजय के.सि, भालुबाङ गाउँपालिका १ बस्ने बर्ष ३८ कि सलमा खातुन र साेहि ठाउँका वर्ष ३८ का मोहमद हुसेन रहेका छन् । उनिहरुकाे अवस्था पनि मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
त्यसैगरी रुकुम (पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३२ का प्रबिण वली, चौरजारी न.पा.१४ बस्ने बर्ष ३० का बिरेन्द्र के.सि., चौरजारी न.पा.१० बस्ने बर्ष २८ का सचिन बिष्ट र रुकुम (पुर्बी) सिस्ने गाउँपालिका ८ बस्ने बर्ष ३१ का योगेश बुढारहेका छन् ।
त्यस्तै चालक काठमाण्डौ चन्द्रागिरी न.पा.३ बस्ने बर्ष ४२ का प्रताप लामा रहेका छन् । घाइतेहरुकाे काठमाडाैं स्थितत वयाेधा हस्पिटल लगायत विभिन्न अस्पतालहरुमा उपचार भैरहेकाे छ । घाइते सबै खतरा मुक्त रहेका छन् ।