• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

धुम्रपान तथा सुर्तिजन्य पदार्थको राेकथामका लागि छत्रेश्वरीमा जनचेतनामुलक कार्यक्रम


असार ७, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिका विभिन्न विद्यालयहरुमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको राेकथामका लागि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कर कोषको सचिवालयको सहयोग र डेभलपमेन्ट सोसाइटी नेपाल सल्यानको आयोजनमा धुम्रपान तथा सुर्तिजन्य पदार्थकाे उपभोगवाट उत्पन्न रोगको राकथाम, नियन्त्रण तथा उपचार सम्वन्धी चेतना मुलक कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाउँपालिका स्थित त्रिभुन जनता मा.वि.भोटेचौर, शारदा मा.वि. शंकमुल, जानकी मा.वि.दोहली, कृष्ण मा.वि. पोखररीडाँडा, महेन्द्र म.वि. लेखपोखरा र त्रिभुन जनता मा.वि. लेखचौरपानीमा विद्यालय स्तरका संवाद कार्यक्रम सम्पन्न भएकाे हाे । जनचेतनामुलक कार्यक्रममा विद्यार्थी, शिक्षक, जनप्रतिनि लगायतको उपस्थिती रहेकाे थियाे ।

धुम्रपान तथा सुर्तिजन्य पदार्थकोको साथै आगु औषद दुर्व्यसनीबाट विद्यार्थीहरुलाई कसरी जोगाउने र यसको असर प्रभावमा कानुनी ब्यवस्थाहरुको विषयमा कक्षाहरु संचालन गरिएको डेभलपमेन्ट सोसाइटी नेपालका अध्यक्ष दिपेन्द्र प्रकाश डि.सी. बताए । साे सम्बन्धी सेचना मुलक कार्यक्रम अन्तरगर्त विद्यालय स्तरका संवाद, रेडियोबाट चेतनामुकल सन्देश प्रशारण, सन्देश मुलक पोस्टरहरु प्रकाशन, दिवसको अवसरमा अन्तरकृया कार्यक्रम, वडा तथा पालीका स्तरमा अभिमुखिकरण र सामाजिक परिक्षण जस्ता कृयाकलापहरु सम्पन्न भएकाे उनकाे भनाइ छ ।

उक्त अभियान तथा चेतना मुलक कार्यक्रमको सहिजीकरण जिल्ला प्रहरी कार्यायल सल्यानका प्रहरी साहयक निरिक्षक घनश्याम सुनार, श्याम खत्री, सि.एम.सि. नेपालको मनोसामाजिक परामर्श कर्ता गिता पहाडी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका सचिव टिकाराम भण्डारी, छत्रेश्वरी गाउपालीका वडा नं.६ का अध्यक्ष टिकाराम वुढा, वडा नं. ५ फौद वहादुर वस्नेत, गाउपालीका अध्यक्षका स्वकीय सचिव खड्ग शाही , डेभलपमेन्ट सोसाइटी नेपालका सचिव तुलसा रावत र अध्यक्ष दिपेन्द्र प्रकाश डि.सी. लगायतले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार