साउन १०, सल्यान ।
सल्यानकाे बागचाैर नगरपालिका वडा नम्बर १० ले वडाबासीहरुकाे विद्युतकाे महशुल वडाले नै तिरिदिने भन्दै सार्वजनिक सुचना जारी गरेकाे छ ।
बुधबार वडा अध्यक्ष ज्ञान प्रसाद शर्माले जारी गरेकाे सुचनामा वडाबासी सम्पुर्ण नागरिकहरुकाे विद्यतुकाे महशुल वडाले नै तिरिदिने जनाएका छन् । सुचनामा नागरिकले आफ्नो मिटरको ग्राहक नम्बर सहित बुझाएको बिल १ प्रति श्रावण २५ गते भित्र वडा कार्यालयमा पेश गराउन भनिएकाे छ ।
प्रत्येक घरधुरीलाइ ३० रुपैयाकाे दरले विद्युत महशुल वडा कार्यालयले तिरिदिने वडाले जनाएकाे छ ।
साथै उक्त सुचनामा मिटर जडान नगरेका नागरिक लाई मिटर जडान गरि ग्राहक नम्बर उपलब्ध गराउन र पोल तार न पुगेका स्थानको सहि रिपोर्ट वडा कार्यालयमा उपलब्ध गराउन समेत आग्रह गरिएको छ ।
