• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

‘म एमसीसी हुँ’ लेखेकाे पर्चा जलाएर सल्यानमा नेकपाले गर्याे काेणसभा 


भदाै ७, सल्यान ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) काे विरु्द्वमा सल्यानमा नेपाल कम्युनिस्ट पार्टीले विराेध प्रदर्शन गरेकाे छ । बिहिवार सल्यानकाे सदरमुकाम खलंगामा एमसीसी लेखिएका पर्चा र पम्प्लेट जलाएर नेकपाले विराेध काेणसभा गरेकाे हाे ।

‘म राष्ट्रघाती एमसीसी हुँ’ जस्ता नारा लेखिएका पर्चा जलाइएकाे थियाे ।

विराेध काेणसभालाइ सम्बाेधन गर्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य तथा सल्यान उत्तरी खण्डका इन्चार्ज भीम भारतीले एमसीसी संसदबाट अनुमाेदन भैसकेर अहिले नेपालकाे हित बिपरित काम सुरु हुन लागेकाे बताए । ‘एमसीसीले नेपालकाे घाष्ट्रघात विरुद्ध काम सुरु गरेकाे छ । यसलाइ राेक्न अब जागरुक हुनुपर्छ’, उनले भने ।

काेणसभाकाे संचालन नेकपाका जिल्ला सचिवालय सदस्य राजेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार