लेकाली अनलाइन
पुस ८, कालीकोट ।
कालीकोटमा शुक्रबार म्यादी प्रहरी विवेक एडीलार्इ गोली हानेर मार्न लगाउने मुख्य नायिके डीएसपी भएकाे स्थानीयले अाराेप लगाएका छन् ।
चुनाव सफल पार्न अहोरात्र योगदान गरेका म्यादीले पहिले भनेजती तलव नदिएकाे भन्दै शान्तिपूर्ण प्रर्दशन गरेका थिए । तर डीएसपी सुवासचन्द्र वोहोराले सरकारको १५ लाख गएर केही फरक पर्दैन, गोली ठोक भन्दै प्रहरीलाई आदेश दिएर एक्कासी प्रहरीले टाउकोमै ताकेर गोली हानेको प्रत्यक्षदर्शीको दाबी छ । गोली लागेपछि भूइँमा ढलेका ऐडीलाई अन्य म्यादी प्रहरीले उठाउन जाँदा अश्रु ग्यास हानेर तितरबितर पारेको स्थानीय बताउँछन् ।
तर नेपाल प्रहरीका एआर्इजी रणबहादुर चन्दले प्रहरीले गोली नहानेको दाबी गरेका छन् । उनले तलव सुविधाबारे कुनै विवाद नभएर म्यादीहरुलाई फूलमाला लगाएर विदाइ गरेको भन्दै डीएसपी र प्रहरीहरुकाे बचाउ गरेका छन् । यस घटनाबारे थप स्थानीय राजनितीक दलका नेताहरुसँग छलफल गरेर यथार्थ रिपोर्ट बाहिर ल्याउने एआइजी चन्दले बताएका छन् ।