असार ३०, सल्यान ।
सल्यान बागचौरका डिल्ली राज डिसीको उपचारका लागी संचालन गरिएकाे अभियानबाट साढे ९ लाख बढी रकम जम्मा भएको छ ।
बागचौर नगरपालिका वडा नम्बर ३ थाराचौर निवासी क्यान्सर रोग पीडित २६ बर्षिया डिल्लीराज डिसीको उपचारका लागी सामाजिक संजालबाट चलाइएकाे सहयोगार्थ अभियानबाट साढे ९ लाख बढि रकम जम्मा भएको अभियान टिमले जनाएकाे छ ।
केहि समय पहिले देखि क्यान्सर रोगबाट ग्रसित डिसीकाे आर्थिक अवस्था कमजाेर भएकाे कारण सहयाेग अभियान चलाइएकाे थियाे । डिल्लराज डिसी बचाउ सहयाेग अभियानकाे नेतृत्व स्थानीय युवाहरु खिमराज डिसी, तारादेव डीसी, खुमराज डिसि, हिमाल भण्डारी, शिबराज के.सि, प्रेम डिसी, शोभाराम डिसि, खिमबहादुर डाँगी, ठाकुर डिसि लगाएतले गरेका थिए ।
क्यान्सर पीडित डिसीको उपचारका लागी करिब ८ सय जनाले आर्थिक सहयोग गरेको अभियानकर्ता मध्येका खिमराज डिसीले बताए । उनकाअनुसार डिल्लीराज डिसीको नाममा संचालन गरिएकाे नेपाल बैंक लिमिटेडकाे खातामा २ लाख १४ हजार ७ सय ३२ रुपैया ८१ पैसा र ग्लोबल आइएमइ बैंककाे खातामा ७ लाख ७९ हजार ६ सय ४८ रुपैया गरेर ९ लाख ९४ हजार ३ सय ८० रुपैया ८१ पैसा जम्मा भएको छ ।
अहिले बिरामीकाे उपचार भैरहेकाे र याे चरणमा सहयोग अभियान लाई बन्द गरिएको डिसीले बताए ।