• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानको मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटना, दुई जनाको मृत्यु


असोज २०, सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले लेकाली अनलाइनलाई बताए । उनकाअनुसार २ जना महिलाको घटनास्थलमै ज्यान गएको र उनिहरुको परिचय खुलेको छैन् । आफुहरु अहिले घाइतेहरुको उद्धार गरिहरकोले घटनाबा विवरण केहि समय पछि आउने उनको भनाई छ ।

घटना स्थिलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्धार गररिहेको छ । बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केहि शकुसल रहेको यात्रु तोभान खड्काले बताए ।

तस्बिरः तोभान खड्का

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार