• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते


साउन ३१, सल्यान ।

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको भने दुई जना घाइते भएका छन् ।

बुधबारदिउँसो जिल्लाको त्रिवेणी गाउँपालिका ६ लुहाम बजारबाट वडा न ५ ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो त्रिवेणी गाउँपालिका ५ लाम्रीखोला स्थित भित्री कच्ची सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका ४ अकाशेका अन्दाजी ५१ वर्षीया ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

अन्य दुई जना भने सामान्य घाइते भएको र उपचारका लागि लुहाम पठाइएको उनको भनाई छ । उकालोमा चढ्न नसकेपछि पछाडी आउँदा अटो सडकबाट झन्डै १५० मिटर तल खसेको छ । अटो चालकलाई नियन्त्रणममा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार