• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला


साउन २१, सल्यान ।

सल्यानमा एक महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छन् ।

जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत फेला परेकी हुन् । बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा बारीमा मृत अवस्थामा भेटिएकी हुन् ।

घटनाको प्रारम्भिक शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयबासीले बताएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुग्दै छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार