असार २९, सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कुमाख गाउँपालिका ४ बाल्ले खोला देखि बाल्लेतर्फ जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर गएराती दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक कुमाख गाउँपालिका ५ तलधरी बस्ने अन्दाजी २७ वर्षीय राम बहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोही ट्याक्टरको ट्रालीले च्यापिएर उनको ज्यान गएको हो ।
बाल्लेमा निर्माणाधिन स्वास्थ्य चौकीको लागि बालुवा लोड गरि जाने क्रममा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । ट्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको छ ।