• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानका ग्रामीण भेगमा बाँदर र बँदेलकाे आतङ्क, मकै जाेगाउन बारीमै किसानकाे जाग्राम


भदौ ३, सल्यान ।

सल्यानका ग्रामीण भेगहरुमा बँदेल र बाँदरकाे आतङ्कले मकैबाली जाेगाउन किसानलाइ समस्या भएकाे छ । बारीमा रहेको मकै रातको समयमा बँदेल आएर सखाप पार्न थालेपछि किसानहरु बारीमै जाग्राम बस्न थालेका छन् ।

बारीमा नै बास ठड्याएर घर जस्तो बनाएर बारीमानै बास बस्ने गरेकाे शारदा नगरपालिका १० पैसाखर्कका पुर्ण बहादुर चलाउनेले बताए । बँदेलले मकै सखाप पार्न थालेपछि मकै नपाक्दा सम्म बारीमै बास बस्नुपर्ने उनले बताए ।

बनगाड कुपिण्डे नगरपालिकाका १२ वटा वडामा पनि उस्तै समस्या रहेको बनगाड कुपिण्डे नगरपालिका ५ का तिलक रानाले बताए । सबै वडाका टोल बस्तीका नागरिक रातभर बारीमै जागराम बस्ने गरेको उनको भनाई छ । उनले भने ‘की जङ्गली जनावर मार्न दिनु पर्याे कि राज्यले कृषकलाई क्षतिपूर्ति दिनु पर्याे ।’

कुनै दिन बिरामी भएर सन्चो नभए बारी सुत्न नगए बँदेलले पाक्ने तयारीमा रहेको मकै सखाप पारी दिने किसानको दुखेसो छ ।

बदेल सँगै बाँदरकाे पनि सल्यानमा उस्तै आतङ्क छ । याे समस्या जिल्लाका प्रयास सबै ठाउँहरुमा छन् । सल्यानमा १९ हजार हेक्टर क्षेत्रफलमा मकैबाली उत्पादन हुँदै आएकाे छ । बाँदर र बँदेलले मकै बाली, तरुल, पिँडालु, सखरखण्ड,फर्सी लगायतका वर्षे बालीहरूमा नोक्सानी हुने गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार