• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा सडक छेउमा राखेको जानकारी मुलक बोर्ड फाल्ने २ जना पक्राउ


असोज १९, सल्यान ।

सल्यानमा सडक छेउमा टाँसिएको प्रहरीको बोर्ड फाल्ने दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यान ३०० मिटर अगाडी लेखिएको जानकारीमुलक बोर्ड च्यातेर पुर्ण रुपमा क्षति पुयाएको आरोपमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शारदा नगरपालिका वडा नम्बर ३ बयलडाँडा निवासी २५ वर्षका मिलन जंग सारु र १९ वर्षका मनिश खरेल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए । पक्राउ परेको दुई जनाले बयलडाँडा स्थित खलंगा बालुवासंग्रही सडक छेउमा रहेको बोर्ड बिहीबार राती उखेलेर पुर्ण रुपमा फालेको प्रवक्ता श्रेष्ठले बताए ।

पक्राउ परेका दुवै जनालाई सार्वजनिक शान्ती विरुद्धको कसूर (आवश्यक वस्तु तोडफोड वा हानि नोक्सानी गर्न नहुने) मा मुद्दा दर्ता प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार