• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

सल्यान मुलपानी दुर्घटना अपडेट : मृतक र घाइतेकाे परिचय खुल्याे (नामावली सहित)


असाेज २०, सल्यान ।

सल्यानमा शनिबार दिउँसाे भएकाे दुर्घटनामा परि २ जना महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सल्यान त्रिबेणी गाउँपालिका ६ निवासी ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर ६ निवासी ३२ वर्षीया सुनिता सुनार रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकाेट गाउँपालिका ३ मुलपानी स्थित राप्ती राजमार्गमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि २१ जना घाइते भएकाे र त्यसमध्ये ६ जना बढी गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । गम्भीर घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका ४ निवसी ३५ वर्षका कमान सिंह, त्रिवेणी गाउँपालिका ६ निवासी २७ वर्षीया माया राना र ठेगाना नखुलेका ३५ वर्षीय बिनोद श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर गाेपाल श्रेष्ठले जानकारी दिए ।

यसैगरी अन्य घाइते हुनेमा शारदा नगरपालिका १० निवासी चालक २६ वर्षीय मेघराज कुँवर, त्रिबेणी गाउँपालिका ६ निवासी ६० वर्षीय प्रेम बहादुर बुढा र ४५ वर्षीया पुष्पा बुढा रहेका छन् । घाईते लाई उद्दार गरी उपचारको लागी तुल्सीपुर दाङ तर्फ पठाएको प्रहरीले जनाएकाे छ ।

गाडी सडकबाट करिब ६० मिटल तल खसेकाे छ । बिपरित दिशाबाट आएकाे गाडीलाई साइट दिने क्रममा सडक छेउमा टायर भासिएर बस पल्टिएको यात्रुहरुले बताएका छन् । बस सडकबाट खस्न बित्तिकै एउटा रुखमा ठाेक्किएकाे र त्यसपछि भिरालाे जमिनमा पल्टिदै तल पुगेकाे यात्रुहरुकाे भनाइ छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार