• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

सल्यानकाे सल्लीबजार देखि दाङ तुलसिपुरसम्म गाडि सञ्चालन


लेकाली अनलाइन
मंसिर १, सल्यान ।
सल्यानको सल्लीबजार देखि दाङ तुलसिपुरसम्म गाडि सञ्चालन भएको छ ।

सल्यान सल्लीवजार देखि सुर्खेत बोटचौरबाट रामपुर कालिमाटि रुट हुदै तुलसिपुरका लागि विहान ७ वजे देखि शुक्रबारबाट दैनिक दिन गाडि सञ्चालन भएको हो । भेरी राप्ती वस व्यवसायी समित सल्लीवजार सल्यान र राप्ती रार्वजानीक यातायात तुलसिपुर दाङ विचमा आलोपालो गाडि सञ्चालन गर्ने भनेर सहमति भएको भेरी राप्ती वस व्यवसायी समिति प्रधान कार्यालय सल्लीवजारका सचिव प्रेम पुनले वताए ।

दाङ तुलसिपुरका लागि सल्लीवजार बाट विहान ७ वजे गाडि छुट्ने र सल्यान सल्लीवजारका लागि दाङ तुलसिपुरबाट पनि विहान ८  : ४५ मा गाडि छुट्ने भेरी राप्ती यातायातका कार्यालय प्रमुख टोप वहादुरले जानकारी दिइएका छन् । सल्यान सल्लीवजार देखि दाङ तुलसिपुरसम्म ४ सय ५० रुपैयाँ भाडा कायम गरेको छ । भेरी राप्तीले सल्लीवजार देखि बन्गाड कुपिण्डेको वडा ५ खैरागाड सम्म पनि गाडि सञ्चालन गर्ने जनाएको छ ।

त्यसै गरि केहि दिन अघि बामेका लागि गाडि सञ्चालन भएता पनि बाटो जोखिमपुर्ण भन्दै ठुला गाडि सञ्चालनमा कठिनाई भए पछि बन्द भएको जनाएको छ । उक्त रुटमा अव भेरी राप्तीका साना जिप सञ्चालन गर्ने कार्यालयले वताएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १ गते शुक्रवार