• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

बम विस्फोट नेकपाको होइन, माकेको योजनामा भएको छः डा. महत


लेकाली अनलाइन 

मंसिर १ नुवाकोट ।

नुवाकोट क्षेत्र नम्बर १ का कांग्रेस नेता डा. रामशरण महतले आफू सवार टोलीको गाडीलाई एम्बुसमा पार्ने काम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नगरेको बताएका छन् ।

चुनाव प्रचारका लागि गाडी लस्करसहित गाउँ घुम्ने क्रममा शुक्रबार बिहान ककनी गाउँपालिका-५ डाँडागाउँस्थित जंगलबीचको कच्ची सडकमा प्रेसर कुकर बम विस्फोट भएको र सो विस्फोटमा महतपछिको एउटा गाडी परेको थियो । विस्फोटबाट मानवीय हाताहाती नभएपछि तीन जना गम्भीर घाइते भएका छन् । विस्फोटबाट बा १६ च ६६५ नम्बरकाे जीप ध्वस्त भएको छ । सविन लामा, उपेन्द मिश्र, एसके तामाङ, लिला घर्ती, रामबहादुर राईलगायत ६ जना कार्यकर्ता घाइते भएका छन् ।

सरकारले विस्फोटका घटनाको दोषी चुनावी खारेज अभियान चलाइरहेको नेकपामाथि लगाइरहेको बेला ककनी विस्फोट नेकपाले नभई उनका चुनावी प्रतिस्पर्धी माओवादी केन्द्र (माके)का उम्मेदवार हितबहादुर तामाङको योजनामा भएको बताए । आफूले जित्ने देखेर आत्तिएर माओवादी केन्द्रको केन्द्रीय योजनामै ज्यान लिने उद्देश्यले बम आक्रमण गरिएको प्रतिक्रिया संचारमाध्यमलाई दिएका छन् । गोली प्रहार र बम विस्फोटका घटना नेकपाले गर्दै आइरहेको तथ्य आफूले अहिलेसम्म नपाएको संचारमाध्यमलाई डा. महतले बताए ।

कुनै किसिमको आक्रमणबाट आफू विचलित नभएको र बरु सहनुभूतिको मत थपिने दाबी गर्दै अब माकेका उम्मेदवारको हार निश्चित भएको जिकिर डा. मतहले गरे । तर महतले घटनाको दोष माकेका उम्मेदवारमाथि थोपरेर चुनाव जित्ने दिवस्वप्न देखेको माकेका एक नेताले प्रतिक्रिया दिए । चुनाव मिति नजिकिँदै जाँदा चुनावमा सहभागी दलहरुबीच मतभेद गहिरिँदै गएको छ ।

अनलाइन डबलीबाट

प्रकाशित मिति : २०७४ मङ्सिर १ गते शुक्रवार