• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

बाम गठबन्धनलाई लक्षित पारी रौतहटमा बम विस्फोट, ८ जना घाइते


लेकाली अनलाइन
मंसिर २, गौर ।
रौतहटमा बम फिस्फोट हुँदा ८ जना घाइते भएका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै अज्ञात समूहले आज दिउँस बम विस्फोट गराएको हो । उक्त ठाउँ नजिकै बाम गठबन्धनको चुनावी भेला भइरहेको थियो ।
बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएको प्रहरीले बताएको छ ।
घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २ गते शनिवार