• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

नेताको गफ जनताको काम, शानपा ९ मा मोटरबाटो निर्माण


इन्द्र ब. बुढाथोकी, लेकाली अनलाइन
मंसिर २, सल्यान ।
आजभोली नेताको भाषन धेरै सुन्न पाइन्छ । सबैभन्दा धेरै विकास फैलाउने भाषन गर्दै गाउँगाउँमा हिड्ने गर्दछन् । मोटर बाटोको त कुरा छोडौँ तर ंभावना नभएकै ठाउँमा पनि पिज र एरपोट हुने जस्ता गफले जनतालाई भ्रम छडेका छन् ।
तर यि गफ दिने नेताहरुलाई चुनौति दिदै शारदा नगरपालिका वडा नं ९ बागचौर का स्थानिय बासिन्दाहरुले सडक निर्माण गरेका छन् । एक लाख भन्दा बढिको लागतमा निपानेको हरले बजार देखि बागचौर सम्म १ किलोमिटर भन्दा बढि सडक आफ्नै लगानिमा निर्माण उनिहरुले गरेका छन् । स्थानिय शिक्षकहरु टेक बहादुर शाह, बिरेन्द्र कुमार शाह, र मोहनलाल नेपाली को पहल तथा खड्क बहादुर कुमाइ र सेतिराम कुमाइको सहयोग र गाउका पन्ध्र जना को आर्थिक सहयोगमा सो सडक निर्माणकार्य सम्पन्न भयको छ ।
चुनाबका बेला बिकासका सबै काम आफु अनकुल गरिदिने प्रतिबद्धता गर्दै भोट माग्ने अनि जितेपछि फर्केर नहेर्ने नेताहरुको बिषेशता नै भैसकेको र उनिहरुको आस गरि बसेमा गाउँमा कहिले पनि बिकासका निर्माण काम नहुने र नेताहरुलाइ चुनौती दिन आफुहरुले विकासको पहल गरेको शिक्षक बिरेन्द्र शाहले बताए ।
चुनाबको समयमा नेताले जे पनि गर्दिन्छु भनेर भोट संकलन गर्ने गरेका छन् त्यसैले कुरा भन्दापनि काम गर्ने नेतालाई जनताले बिस्वास गर्नुपर्ने अर्का पहल कर्ता टेक बहादुर शाह ले बताए। सल्यान सदरमुकाममा रहेको सारदा नगरपालिकाको यो ठाउँ बिकासको हिसाबले भने निकै पछि परेको छ। उ बिकासका आधारभुत कुराहरु समेत पुग्न सकेका छैनन् भने सम्बन्धित कुनैपनि निकायको गम्भितापुर्बक ध्यान दिन नसकेको र स्थानिय जन प्रतिनिधिहरुले समेत बजेट बाडफाडमा बिभेद गरेको स्थानिय जनताहरुको गुनासो रहेको छ। स्थानीय समाजसेवी चेतन गिरिले बताएका छ्न

प्रकाशित मिति : २०७४ मङ्सिर २ गते शनिवार