• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा नेकपाले फेरी निर्वाचनका सामाग्री जलायो


लेकाली अनलाइन
मंसिर ३, सल्यान ।
सल्यानमा निर्वाचन मतदाता शिक्षा सामाग्री लुटिएर जलाइएको छ ।
प्रक्रियाको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री जलाएको जनाएको हो । जिल्लाको ढोरचौर गाउँपालीका १ बाँचकाँडामा सनिबार दिउँस निर्वाचन आयोगका कर्मचारीहरुले मतदाताहरुलाई सिकाउदै गर्दा आफ्ना कार्यकर्ताले खोसेर जलाएको पार्टीका जिल्ला ईन्चार्ज डिल्लीराज शर्माले जनाएका छन ।

यस विषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरत कुमार विकले आफुहरूलाई आधिकारिक रूपमा जाकारी नभएको बताएका छन् ।

यस अघि पनि नेकपाले बागचौर नगरपालिका ३ खालिमा माओवादी र एमालेका कार्यकर्ताबाट खोसेर बाम गठबन्धनका चुनाव प्रचार सामाग्री जलाएको थियो ।

तस्विर : शुक्लाल बस्नेतकाे फेसबुकबाट

प्रकाशित मिति : २०७४ मङ्सिर ३ गते आइतवार