• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

प्रचण्डका छोरा प्रकाशको निधन


लेकाली अनलाइन
मंसिर ३, काठमाण्डौँ ।

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । अाज बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड अहिले हेलिकोप्टरबाट काठमाडौं फर्किँएका छन ।

अस्पतालले पत्रकार सम्मेलनकाे तयारी थालेकाे छ । हृदयघातका कारण प्रकाश दाहालको निधन भएको अस्पतालले जनाएकाे छ ।

चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आएका छन् । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल लगिएकाे थियो ।

अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी अस्वस्थ भएपछि चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाडौं फर्किएका थिए ।

उनी काठमाडौंमा आमासँग बसेका थिए । अहिले दाहालको निधनपछि नर्भिक अस्पतालमा पुगेका पत्नी सिर्जना  त्रिपाठी र भाञ्जीहरू राेइरहेकाे कारूणिक दृश्य देखिएका छन् । यता मृत्यूकै कारण चितवनमा हुने भनिएकाे वामगठबन्धनकाे कार्यक्रम स्थगित भएकाे छ

प्रकाशित मिति : २०७४ मङ्सिर ३ गते आइतवार