लेकाली अनलाइन
मंसिर ३, झापा ।
रुपन्देही ११ लाई ट्राईब्रेकरमा ४–१ गोलले पाखा लगाउँदै मनाङ–मर्स्याङ्दी दोस्रो सताक्षी गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा आइतबार भएको खेलमा रुपन्देहीलाई पाखा लगाउँदै मनाङ सेमिफाइनलमा पुगेको हो ।
खेलको ‘म्यान अफ द म्याच मनाङ’का डोना थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमबार ९भोलि०को पहिलो सेमिफाइनल खेल झापा ११ र त्रिभुवन आर्मीबीच हुने छ ।
पोखरा ११ लाई पाखा लगाउँदै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको थियो भने आर्मीले सशस्त्र प्रहरीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।