• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

सुरु भयो मतदाता खरिद गर्ने समय ! आज राति १२ बजेबाट प्रचार गर्न नपाइने


लेकाली अनलाइन
मंसिर, ७ काठमाण्डौँ ।
पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अजबाट मौन अवधि सुरु भएको छ ।
राति १२ बजेपछि प्रचार प्रसार गर्न नपाइने विर्नाचन आयोगले जनाएको छ । पहिलो चरण अन्तरतग ३२ जिल्लामा मौन अवधि सुरु भएको हो ।
चुनावमा मतदाता खरिद बिक्री हुने समयको रुपमा मौन अवधिलाई लिइन्छ । सार्वजनिक रुपमा प्रचार प्रसार गर्न नपाइने भएपछि दलका नेता तथा उम्मेदवाहरु पैसा बोकेर मतदाताको घर आगनमा पुग्ने गर्दछन् ।
गएको स्थानीय निर्वाचनलाई मात्रै हेर्ने हो भने धेरै ठाउँमा पैसा बाडिरहेको रंगेहात समातिएका थिए । निर्वाचन आचारसंहितमा पैसा बाँडेको भेटिएमा उम्मेदारी नै रद्द गर्ने भनिएपनि अहिलेसम्म कसैको उम्मेदवार रद्द गरिएको रेर्कड छैन ।
मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ४ हजार मतदान केन्द्रमा ४५ हजार कर्मचारी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार