• २०७७ माघ १० गते शनिवार
  • Preeti To Unicode

शुक्रबारको नेपाल बन्दबारे नेकपाको धारणा सार्वजनिक, पुरा पढनुहोस ? यस्तो छ यथार्थ । बन्दको विरोध गर्नेलाई छानी छानी कुट्ने ।


लेकाली अनलाइन
मङ्सिर ७, काठमाडौँ ।
भोलि (शुक्रबार) को नेपाल बन्द आफ्नो पार्टीले नगरेको नेपाल कम्युनिस्ट पार्टीले स्पष्ट पारेको छ ।

नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको आयोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

नेता पुनले पार्टी चुनाव खारेज अभियानमै रहेको तर मंसिर ८ गते शुक्रबारको नेपाल बन्द आफ्नो पार्टीले नगरेको बताएका छन् । ‘हाम्रो पार्टीको कथित संसदीय चुनाव खारेजी अभियान निरन्तर जारी रहेको कुरा सबैमा जगजाहेर नै छ तर मंसिर ८ गतेको नेपाल बन्द कार्यक्रम हाम्रो पार्टीको नभएको स्पष्ट पर्दछ पुनले भनेका छन् ।

नेपाल बन्द पूर्व जनमुक्ति सेना नेपालले आह्वान गरेको भन्ने सूचना पार्टीमा आएको भन्दै चुनावविरुद्ध गरिएको नेपाल बन्दप्रति पार्टीको नैतिक समर्थन रहेको पुनले बताए ।

यसैबीच बहिर्गमनमा परेका पूर्व जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन् । यद्धपि यसको औपचारिक घोषणा भने उनीहरुले गरेका छैनन् । तर सामाजिक सञ्जाल फेसबुका उनिहरूले यसपटकको बन्द केहि केहि फरक शैलीमा गर्न लागेको भन्दै पोस्ट गरेका छन् ।

यस्तो छ यस अघि सामाजिक संजालमा भाइरल समाचार

मंसिर ८ गते नेपाल बन्द १ विरोध गर्नेलाई छानी छानी कुट्ने चेतावनी १

आउँदो मङ्सिर ८ गते नेपाल बन्द हुने भएको छ । पूर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका हुन् । यसपटकको बन्द केहि उनीहरुले केहि फरक शैलीमा गर्न लागेका छन् ।

छानी छानी विरोध गर्नेलाई कुट्ने रणनीतिका साथ नेपाल बन्द गर्न लागिएको उनीहरुको भनाइ छ । यस्तो बन्द नेपालमा पहिलोपल्ट हुन लागेको उनीहरुको तर्क छ ।

‘दिउँसो जसले हाम्रो बन्दको प्रतिकार गर्छ । बेलुका छानी छानी कुट्ने हो ।’ पूर्व माओवादी जनमुक्ति सेनाका एक सदस्यले भने, ‘नेपाल बन्द के हो भनेर हामी देखाईदिन्छौं ।’

प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार