• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

प्रदेशीको यथार्थ पिडा विशाल र बालारामले ल्याए “प्रदेशिको रिन” (भिडियो सहित)


लेकाली अनलाइन
मंसिर ७, सल्यान ।
नेपाली लोकदोहोरी गीत संगीतहरु बजारमा आउने क्रममा यतिबेला आशिष म्युजिक प्रालीबाट रुकुमका नब शर्जक विशाल ओलि गाउँले र बालाराम खड्काको पहिलो प्रस्तुती “प्रदेशिको रिन” बजारमा आएको छ ।

बास्तबमा गीत संगीतले हाम्रा सजीव पिडा अनि परिवेशलाई समेट्नुपर्छ। यो विशाल र बालारामको गीतले पनि लाखौं प्रदेशिहरुको यथार्थ पिडालाई बोलेको छ । भद्र नकालको संगीतमा रहेको यो गित प्रदेशिको रिनमा तिनै रुकुमेली नव सर्जक विशाल ओलि गाउँले र बालाराम खड्काको शब्द सिर्जना रहेको छ।

तुलसी घर्ती र मोहन खड्को आवाज रहेको यो गीतको भिडियोमा अभिनय शरण, दिपेन्द्र र सन्ध्याले गरेका छन् । वीन घर्ती मगरको सम्पादन र मान्सिङ खड्को निर्देशन रहेको भिडियोकोे छायाँङकन सागर गौतमले गरेका छन्

भिडियाे 

प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार