• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

श्वासनलीको संक्रमण के हो र कसरी जोगिने ?


लेकाली अनलाइन
मंसिर ८, काठमाण्डौँ ।

श्वासनलीको संक्रमण भनेको के हो ?
नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ।

गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र गतिमा कमी आउँछ । जसले गर्दा फोक्सोभित्रबाट निस्किने खकारलाई बिरामीले खोकेर बाहिर निकाल्न सक्दैन । यसरी फोक्सोभित्र जमेको खकारले संक्रमण गराउने र संक्रमणलाई झन् खराब बनाई जटिल बनाउँछ।

घाँटी र फोक्सोमा संक्रमण हुने कारण 
पिनास हुने (साइनसिटिस)
घाँटीको संक्रमण ((फाराइनजाइटिस)
स्वरनलीमा संक्रमण (लाराइनजाइटिस)
कानको मध्य भागमा संक्रमण  (ओटोटिश मिडिया )
विषाणुबाट पनि श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण  हुनसक्छ जस्तै निमोनिया साथै नाक, मुख र घाँटीमा संक्रमित साधनहरु जस्तै रुमाल, मास्क, ओछ्यान, सिरक, आदि प्रयोग गरेमा  वा प्रदुषित हावामा बिरामीले श्वासप्रश्वास लिएमा श्वासप्रश्वास नलीमा संक्रमण हुने गर्दछ ।

संक्रमणका लक्षणहरु
बिरामीलाई उच्च ज्वरो (९९ –१०३ डिग्री) आउँछ र धेरै पसिना आउँछ ।
बिरामीलाई श्वास फेर्न गाह्रो हुन्छ र छिटोछिटो श्वास फेर्छ ।
श्वास फेर्दा असाधारण आवाज आउँछ (जस्तै सुसेलेको आवाज वा सुइँसुइँ आवाज आउँछ) ।
खोकाइ  फोक्सोभित्र  खकार धेरै जमेको कारणले खोकी धेरै चर्को लाग्छ तर बिरामीको कमजोरी र खकार बाक्लो गाढा  हुने भएकोले  बिरामीले खोकेर खकार बाहिर निकाल्न असमर्थ हुन्छ ।

पहेँलो रङ्ग वा रगत मिसिएको बाक्लो खकार धेरै मात्रामा पोक्सोमा जमेको हुन्छ ।
बिरामीको पूरा शरीरमा पीडा हुन्छ र दैनिक गर्नुपर्ने कामकाज गर्दा पनि थकाइ लाग्छ ।

संक्रमणबाट जोगिन के गर्ने ?
घर वरपरको वातावरण स्वाच्छ राख्ने जस्तै धुलो, धुवाँ  मुक्त राख्ने ।
घरेलु पाल्तु जनावरबाट बिरामीलाई टाढा राख्ने ।
बिरामीको वरपर भीडभाड हुन नदिने र भेट्न आउने आगन्तुकहरुलाई नियन्त्रण गर्ने ।
जलवियोजन हुन नदिन बिरामीलाई तातो झोलिmलो पदार्थ  जस्तै पानी जुस र सुप प्रशस्त पिउन दिने । किनकि ज्वरो  र पसिना आउनाले शरीरबाट झोलिलो पदार्थ धेरै खेर गएको हुन्छ ।
बिरामीलाई न्यानो बनाई राख्ने ।  चिसोबाट बचाउने ।
बिरामीलाई  राम्ररी हावा चल्ने कोठामा राख्ने ।
बिरामीलाई सुताएर ओछ्यानमा आराम गराउने बेलामा शरिरको पछाडीपट्टि  तकिया राखेर बिरामीलाई सिधा आसनमा सुताउने ।
संक्रमण फैलनबाट रोक्नका लागी बिरामीको उपचार र हेरचाह अघि र पछि साबुन  र पानीले राम्ररी हात  धुने ।
श्वासप्रश्वास नलीमा संक्रमण भएका बिरामीको हेरचार गर्ने व्यक्तिले बिरामीको हेरचाह गर्ने बेलामा र बिरामीसँग बस्ने  बेलामा मुख छोप्ने माक्स लागाउने ।

ध्यान दिनुपर्ने कुराहरु
बिरामीले लगाएको मुख छोप्ने माक्स कम्तिमा दुई दिनमा एकपटक धुनुपर्छ ।
बिरामीले  प्रयोग गर्ने श्वासप्रश्वासका  साधानहरु जस्तै अक्सिजन माक्स, श्वास फेर्ने मेशिन स्पाइरोमिटरको एन्टिसेप्टिक झोलले सफा गर्ने सो नपाएमा साबुनपानीले सफा गर्ने।
प्रोटिनयुक्त पोषिलो खानेकुरा खाने जस्तै मासु, माछा, अण्डा र दूधजन्य पदार्थ, गेडागुडी र रेसायसक्त तरकारीहरु खुवाउने गर्नुपर्छ ।
यदि बिरामी आफैं वा हेरचार गर्ने व्यक्तिको सहायतामा बस्न  सक्छ भने श्वास प्रश्वास र फोक्सोको चालमा मद्दत पु¥याउने अन्य आसन वा तरिका पनि अपनाउन सकिन्छ । फिजियो थेरापिष्ट वा नर्सले श्वासप्रश्वाससँग सम्बन्धित व्यायामहरु सिकाउनेछ ।
श्वासप्रश्वासको व्यायामले फोक्सोलाई फैलाउन मद्दत पु¥याउँछ । श्वासप्रश्वास गतिमा सुधार ल्याउँछ फोक्सोमा जमेको खकारमा हलचल पैदा गरी निकाल्न  सजिलो बनाउँछ ।
पेटमा हातले हलुका थिच्दा फोक्सोमा हावा भरिएको महसुस गर्न मद्दत पुयाउँछ ।
नाकबाट फोक्सोभित्र हावा तान्ने र मुखबाट  हावा छोड्ने ।

खोक्ने अभ्यास गर्नु भन्दा १० मिनेट अगाडि बिरामीलाई तातोपानी बाफ लिन लागाउनुपर्छ । यसले फोक्सो र श्वासप्रश्वास नलीमा भएका नरम बनाई निकाल्न मद्दत गर्छ ।
श्वासप्रश्वास नलीको संक्रमण भएको बिरामीले भित्रैदेखि बिस्तारै गहिरो सास तान्ने र छोड्ने पक्रिया प्रसस्त मात्रामा नगरेमा उसको फोके झन कमजोर हुन जान्छ । तर बिरामी कमजोर छ, भित्रैदेखि गहिरो सास तान्न छोड्न वा फेर्न नसक्ने अवस्थाको भएमा सास फेर्ने मेसिन स्पाइरोमिटरको प्रयोबाट श्वासप्रश्वास गराउन सकिन्छ । यसले फोक्सोलाई स्वास्थ्य बनाई राख्न मद्दत  पु¥याउँछ । यस मेसिनबाट बिस्तारै सास तान्ने छोड्ने तरिका  पनि सिक्न सकिन्छ ।

सास फेर्ने मेशिन स्पाइरोमिटरको प्रयोग गरी प्रत्येक १देखि२ घन्टामा १०,१५ पटक सास फेर्ने गर्नुपर्छ  । वा जिजियोथेरापिष्टको निर्देशनअनुसार राख्न र निको हुन सक्रिय हुनुपर्छ।
स्रोतः राष्ट्रिय स्वास्थ्य, सूचना तथा संचार केन्द्र

–  स्वास्थ्यखबर

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार