अमृता लुङ्गेलीको नेत्र भण्डारी सँग डार्लिङ आइ लभ यु (भिडियो सहित)


खकेन्द्र केसी, लेकाली अनलाइन
मंसिर ८, सल्यान ।
चर्चित गायक नेत्र भण्डारी र गायीका अमृता लुङ्गेली मगरको आवाजमा माया प्रेम सँग संबंधित नाच्न मिल्ने खालको गीत सार्वजनीक भएको छ ।
गायीका अमृता लुङ्गेली मगरको (डार्लिङ आइ लभ यु) बोलको गीतलाई नेत्र र अमृताले आवाज दिएका हुन । सुन्दा नाच्न मन लाग्ने उक्त (डार्लिङ) गीतको शब्द टुरिष््ट जंग विक र लय गायक नेत्र भण्डारीले नै गरेका छन् ।
आशिष म्युजिक प्रा.ली. बाट बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा सुशान्त र सन्जनाको अभिनय रहेको छ । बब्बु थापाको निर्देशन र नविन घर्ति मगरको सम्पादन रहेको गीतको छायाँङकन दुर्गा पौडेलले गरेका छन् ।
(डार्लिङ आइ लभ यु) गीतको म्युजिक भिडियोको दृश्य निर्माण एकता फिल्मस प्रा.ली. ले गरेको हो ।

भिडियो हेर्नुहाेस् 

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार