मंसिर ८, सल्यान ।
सल्यानमा रासायनिक मलको अभाव भएर किसानहरु हैरानी भएका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानहरुलाई रासायनिक मलको अभाव भएको हो ।
धान भित्र्याएर गहुँबाली लगाउन लागेका किसान यतिवेला युरिया, डिएपी मलको हाहाकारले हैरानी परेको बताउन थालेका छन् । छत्रेश्वरी गाउँपालिका ६ का किसान एकदेव बस्नेतले भने, ‘खेत जोतेर मात्रै के गर्ने, मल नहाल्दासम्म उत्पादन हुँदैन्, मंसिरकाे महिनामा पनि गहुँ राेप्न पाएका छैनाैं ।’
व्यापारिबाट मल पाए पनि उक्त मल खेतबारीमा प्रयोग गर्ने खालको नभएको किसानहरुले बताएका छन् । २ दिन अघि खेतमा हालेको मल नविलाउँदा झन समस्या भएको बनगाडका किसान इश्वर साहुले बताए । आफुले खेतमा हालेको मल महंगो मुल्यमा किनेको तर पनि उक्त मल कृर्षी सामग्री केन्द्र र साल्ट ट्रेनिङ्ग कम्पनीको नभई अन्य कम्पनीको रहेको उनको भनाई छ ।
उता बागचाैर क्षेत्रमा पनि व्यापारीले बिक्रिको लागि ल्याएको युरिया मलमा गुणस्तरता नभएको पाइएकाे छ । डिएपी मलको अभावसँगै किसानले त्यहि गुणस्तरहिन भएकाे युरिया मल खरिद गरि खेदबारीमा प्रयोग गर्न थालेका छन् ।
११ सय पर्ने डिएपीलाई किसानले २ हजार देखि ३० हजार सम्म मुल्यमा किन्न बाध्य भएका छन् । मल नपाइएकाे याे अवस्थामा व्यापारीहरुले भने कालोवजारी मचाईरहेको देखिन्छ ।