• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने सरकारको निर्णय


लेकाली अनलाइन
मंसिर ८, काठमाण्डौँ ।
सरकारले स्वदेशी लगानीमा नै बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन (इपिसी) मोडलमा आयोजना बनाउने निर्णय गरेको हो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनयाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेको थियो । गेजुवासँगको सम्झौता खारेज भएपछि १२ सय मेगावाट क्षमताको बुढीगण्डकी बन्ने,नबन्ने बिषयमा चासो बढेको थियो । आज उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले पत्रकार सम्मेलन गर्दै बुढीगण्डकी अब स्वदेशी लगानीमै बन्ने बताएका हुन् । मन्त्री थापाले राष्ट्रिय गौरवको बुढीगण्डकीआयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने बताए ।

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार