लेकाली अनलाइन
मंसिर ८, सल्यान ।
बाम गठबन्धनले चुनावी प्रचारप्रसार अन्तरगत दोस्रो चरणको घरदैलो कार्यक्रम शुक्रबार बागचौर नगरपालीकाको विभिन्न गाउँहरुमा गरेको छ ।
सल्यान क्षेत्र नम्बर १ बाट प्रदेश सभामा बाम गठबन्धनबाट उमेदार बनेका गुलाव जंग शाह सहितको टोलीले आज नगरका विभिन्न गाउँहरुमा घरदैलो कार्यक्रम गरेको हो ।
नगरको वडा नम्बर ९ लिउरेबारी, रयाँजबोट, माझगाउँ, खोबारे, धामीढुङगा, जलेखर्क, धनबोटमा घरदैलो कार्यक्रम गर्दै वडा नम्बर १० साविकको पिपलनेटा गाविसमा प्रशिक्षन कार्यक्र सम्पन्न भएको छ ।