• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

पृथ्वीले कति मानिसको बोझ उठाउन सक्छ ?


लेकाली अनलाइन
मंसिर ८, काठमाण्डौँ ।
अहिले मानिसहरुको संख्या पृथ्वीमा दिनानुदिन बढिरहेको छ।एक अनुसन्धान अनुसार पृथ्वीमा करीब ७ अर्ब मानिसहरु बसोबास गरिरहेका छन भने दैनिक बढिरहेको छ। यही कारणले अहिले मानिसको मनमा एउटा प्रश्‍न उब्जिएको छ की पृथ्वीले कति मानिसको बोझ उठाउन सक्छरु

तर एउटा अनुसन्धानले सन् २०१६को अन्त्यमा करीब विश्‍वमा मानिसको संख्‍या १० अर्बसम्म पुग्छ। वैज्ञानिक पनि यो विषयमा अहिले आआफ्‍नो मत राखिरहेका छन् भने पृथ्वीले यति नै भार उठाउन सक्छ वा सक्दैन भन्‍नेमा कुनै यथार्थता भेट्न सकिएको छैन।

यदि पृथ्वीको सबै खानेपिउने सामानलाई जोडेमा यो अफ्रिकाको बराबर हुन्छ अर्थात ७।५ अर्ब एकड इलाका तथा जनसंख्या बढेभन्दा कम हुनेछ।

यही प्रकार खाद्यान्‍नलाइ जोड्दै गएमा यो अमेरिका जस्तो जिल्ला हुनेछ र जनसंख्‍या कम हुने अनुमान गरिएको छ। यदि अक्सिजनको अनुमान लगाउने हो भने यो पनि धर्तीमा सीमित हुँदै गएको छ। वैज्ञानिकका अनुसार यदि पृथ्वीमा अझै ३ अर्ब मानिस बढेमा कार्बनडाइ अक्साइड ग्यास बढ्‍नेछ र ग्लोबल वार्मिङको प्रभाव पनि बढेर जानेछ।

यदि ग्लोबल वार्मिङ बढेमा पृथ्वीमा धेरै प्रकारको समस्या आइपर्नेछ भने अधिकांश मानिसमा खाद्यान्‍न तथा स्वास्थ्यको समस्या तीव्र रुपमा देखा पर्नेछ।

यतिमात्रै नभइ पृथ्वीमा जति जति मानिसको संद्यामा वृद्धि हुदै जान्छ। उति नै उसको जीवनस्तर खस्किदै जान्छ। किनकी मावन संसाधन सीमित हुँदै जान्छ भने मानिसहरु बढ्दै जान्छन्। यसले मानव सभ्यतालाई नै खतरा पर्न सक्छ। यसको लागि मानिसले समयसै वृक्षारोपण तथा प्राकृतिक स्रोतको उचित तरिकाले सदुपयोग गर्नुपर्ने हुन्छ ।

एजेन्सी ।

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार