• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

यसकारण खानुपर्छ हरियो धनियाँ


लेकाली अनलाइन
मंसिर ८, काठमाण्डौँ ।

–    हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ । अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ ।
–    आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।
–    हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।
–    हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।
–    धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।
–    धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

– स्वास्थ्यखबर

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार