सङ्गत
प्यारो अमेरिका
अमेरिका ?
प्यारो अमेरिका
अपशोच !
आफ्नै खेतबारी र यस भूगोलका
फाँट, कान्ला, पाखामा
अहिलेसम्म तिमीले छरेका बीजहरूबाट
स्वस्थ बाली उत्पादन भएन ।
त्यसैले मेरो सानो अनुरोध छ तिमीलाई–
थोरै परिवर्तन गर आफ्नो दर्शनमा
अनि अब आउने ऋतुबाट
तिमीले लगाउने बालीहरूमा
शान्तिको बीजलाई जोडदिन थाल
उज्यालोको बीजलाई प्राथमिकतामा राख
प्रेमको बीजलाई छुटाउँदै नछुटाऊ
यीभन्दा कमसल बीज कतै नरोप्नू
जे रोप्यो त्यही फल्छ धर्तीमा
हिंसा रोपेर शान्ति फल्छ कहाँ ?
जयबागेश्वोरी, काठमाडौँ