• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

माओवादी केन्द्रको चुनाव प्रचार टोलीलाई रोल्पालीले लखेटे, प्रचार सामाग्री जलाएर आगो तापे !


लेकाली अनलाइन

मङ्सिर ८, रोल्पा ।

नेकपाको पकड क्षेत्र मानिने रोल्पामा माओवादी केन्द्रको बेहाल भएको छ ।

शुक्रबार ईरिबाङ ५ केवरीमा चुनाव प्रचारका लागि पुगेको माओवादी केन्द्रको टोलीलाई त्यहाँका स्थानीयवासीले लखेटेका छन् ।रमाईलो कुरा त के छ भने स्थानीयले चुनाव प्रचार टोलीलाई नै प्रचार सामाग्री जलाउन लगाए ।

तिमीहरु हाम्रो अनुमति बिना यो गाउँमा आएर खुब चुनाव प्रचार गर्ने ? लाज लाग्दैन ? भन्दै स्थानीयले थर्काएका थिए । त्यसपछि चुनाव प्रचारप्रसार टोलीकै एक जना अघि बढे र सबै प्रचार सामाग्रीमा आफै आगो लगाए ।

त्यही जलेको आगो स्थानीयले एकछिन तापे पनि । ईरिबाङ नेकपा महासचिव विप्लवको गाउँ हो । त्यहाँका जनताले चुनाव खारेज गर्ने भन्दै आफ्ना नेता अरुलाई चुनाव प्रचारप्रसार नगर्न समेत चेतावनी दिएका छन् ।

आफुहरुको अनुमति बिना उक्त गाउँमा प्रवेश गरी माओवादी केन्द्रले भ्रम फिजाउन खोजेको भन्दै स्थानीय जनता आक्रोशित बनेका थिए । चुनाव प्रचार टोलीलाई केहीबेर नियन्त्रणमा लिएर पुन: फर्केर नआउन समेत चेतावनी दिएको त्यहाँबाट स्थानियहरुले बताएका छन ।

ईरिबाङ गाउँ नजिकै केही दिन अगाडि बाम गठबंधनका उम्मेदवारहरु माथि ढुङ्गा मुढा समेत प्रहार भएको थियो ।

-इमान्दार मिडिया

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार